काठमाडौंमा बालेन्द्र शाहको प्रतिष्पर्धीसंग मतान्तर बढ्दो, गणनास्थलमा शाहका समर्थक उत्साहित

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ११ : १८
काठमाडौंमा बालेन्द्र शाहको प्रतिष्पर्धीसंग मतान्तर बढ्दो, गणनास्थलमा शाहका समर्थक उत्साहित

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम राखेका छन् । कुल ६४७३ मत गणना हुँदा शाहहले २४५७ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेकाउम्मेदवार केशव स्थापित १४२७ मतका साथ दोसो स्थानमा छन् । सत्ता गठबन्धनका उम्मेदवार सिर्जना सिंहले भने जम्मा ११६८ मत पाएकी छन् । बालेन्द्रले बढी मत पाएपछि उनका समर्थक राष्ट्रियसभा गृह क्षेत्रमा उत्साहित देखिएका छन् ।