चितवन । चितवनको माडी नगरपालिकाको वडा नं. ९ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नेता घनश्याम दवाडी निर्वाचित भएका छन् ।
आइतबार बिहान सकिएको मतगणनामा दवाडीले १०१८ मत पाउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि सोही वडाको वडा सदस्यमा थिए ।
उनको निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले) नेता एवं पूर्व वडाध्यक्ष शिवहरि सुवेदीले ५०८ मत पाए भने राप्रपाका उम्मेदवार कुल बहादुर दुराले ४६९ मत प्राप्त गर्न सफल भए ।
सो वडामा बाम लोकतान्त्रिक गठबन्धका सबै उम्मेदवारहरू, महिला सदस्यमा काँग्रेसकी बिना थापा, दलित सदस्यमा माओवादी केन्द्रका हरिमाया बिक र खुल्ला सदस्यमा नेपाली काँग्रेसका नारायणदत्त अधिकारी एवं मोहन सिंह स्याङतान निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ०६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी