चितवन । चितवनको माडी नगरपालिकाको वडा नं. ९ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नेता घनश्याम दवाडी निर्वाचित भएका छन् ।
आइतबार बिहान सकिएको मतगणनामा दवाडीले १०१८ मत पाउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि सोही वडाको वडा सदस्यमा थिए ।
उनको निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले) नेता एवं पूर्व वडाध्यक्ष शिवहरि सुवेदीले ५०८ मत पाए भने राप्रपाका उम्मेदवार कुल बहादुर दुराले ४६९ मत प्राप्त गर्न सफल भए ।
सो वडामा बाम लोकतान्त्रिक गठबन्धका सबै उम्मेदवारहरू, महिला सदस्यमा काँग्रेसकी बिना थापा, दलित सदस्यमा माओवादी केन्द्रका हरिमाया बिक र खुल्ला सदस्यमा नेपाली काँग्रेसका नारायणदत्त अधिकारी एवं मोहन सिंह स्याङतान निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ०६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न