चितवन । चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका–११ र राप्ती नगरपालिका–६ मा एमालेको प्यानलै विजयी भएको हो ।
कालिका–११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याउदैं विजयी भएका हुन् । यस अगाडि नै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेकी छन ।
राप्ती–६ को अध्यक्षमा जल्लु महतो थारु १८ सय १६ मत ल्याएर विजयी भए । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८, राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी भएका हुन् ।
एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ०६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
चितवनमा लागुऔषधसहित सात युवक पक्राउ
चितवन पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा
चितवनमा रक्तदाता बढाउन रक्तदान महोत्सव आयोजना
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
निकुञ्ज र सामुदायिक वनमा डढेलो लाग्दा चितवनमा खपिनसक्नु वायु प्रदुषण