महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रेको छ । निर्वाचन कार्यालय बर्दिबासले मतगणना सकिएपछी माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडा न.८ वाट वडा अध्यक्षमा विजयी भएको घोषणा गरेको थियो ।
निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार रुद्र किङरिङ्गलाइ ९ मतले पछाडी पार्दै सम्सेर सिंह विजयी भएको घोषणापछी निर्वाचन आयोगको निर्णय नमान्ने भन्दै नेकपा एमालेले पर्दसन गरेका हुन् ।
माओवादी केन्द्रले पाएको ९ मत नेकपा एमालेको भएको दावी गर्दै विजयी नेकपा एमाले नै हुनुपर्ने एमाले बर्दिबासको अडान छ ।निर्वाचन आयोगले मतगणनामा धाधली गरेको हुन सक्ने बताउदै एमालेले पुनः मतगणना गर्न माग गरेको छ तर निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार मतगणनामा धाधली नभएको र घोषणा गरेको उम्मेदवार नै विजयी भएका छन ।
यता माओवादी केन्द्रपनी पुन: मतगणना गर्न नसकिने भन्दै उक्त प्रकृयावाट बाहिरिएको छ ।अहिले सोही विवाद कै कारण मतगणना प्रक्रिया अवरुद्ध बनेको छ भने बाहिर सडकमा कार्यकर्ताहरुले पर्दसन गरिरहेका छन ।
निर्वाचन आयोगले नेकपा एमालेका निकतम प्रतिद्वन्दी रुद्र किङ्गरिङ्गलाइ ८ मतले उछिन्दै विजयी हासिल गरेको घोषणा गरेको थियो ।निर्वाचन अधिकृतले घोषणा गरेको मतअनुसार समसेर सिंह लामाले ७५३ मत र रुद्र किङ्गरिङ्गले ७४३ मत प्राप्त गरेका छन ।
बिरोध कै कारण मतगणना प्रक्रिया समेत २ घण्टादेखी रोकिएको छ । माओवादी केन्द्रले भने विजय जुलुस निकालेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई १२ मतले उछिन्दै रेनु दाहालले लिइन् अग्रता
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
भरतपुर महानगर अपडेट: रेनु दाहाललाई ४१ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता
दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के
काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि
काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण