बैतडी : सुर्नया–१ मा एमाले र शिवनाथ–१ मा कांग्रेस प्यानलसहित विजयी

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ०९ : ३१
बैतडी : सुर्नया–१ मा एमाले र शिवनाथ–१ मा कांग्रेस प्यानलसहित विजयी

बैतडी । बैतडीको सुर्नया गाउँपालिका– १ म नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धनबहादुर चन्दसहित प्यानलै विजयी भएको हो । 

एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा दिलाराम कोली, अर्जुन बहादुर चन्द, सिता ढोली र अनिता चन्द बिजयी भएका छन् । 

शिवनाथ गाउँपालिका–१को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानलसहित विजयी भएका छन् । चाड ७०० मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार देवसिंह साउदले ४७० मत प्राप्त गरेका छन् । 

उक्त वडाबाट पालिका अध्यक्ष, उपाध्यक्षमा सत्ता साझेदार गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । पालिका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले ६४१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हजारीसिंह साउदले ५०६ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादीका उम्मेदवार नरेन्द्र सिंह साउदले ५१४ मत ल्याएर अग्रस्थानमा छन् भने नेकपा एमालेका सकुन्तला साउदले ४७१ मत प्राप्त गरेका छन् । अहिले वडा नं.– २ को मतगणना जारी छ । 

प्रतिक्रिया दिनुहोस