काठमाडौं । स्थानीयतहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा बैतडीमा ६७.२२ प्रतिशत मतदान भएको छ ।
जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार जम्मा एक लाख ४० हजार २ सय एक मतदाता मध्ये ९९ हजार ८ सय ९६ जनाले मतदान गरेका हुन् ।
मतदान गर्नेमा महिला ५४ हजार ३ सय ९६ रहेका छन् भने, पुरुष ४५ हजार ५ सय रहेका छन् ।
जिल्लाको सबैभन्दा बढी मतदान हुने स्थानीयतहमा जिल्लाको पुर्चौडी नगरपालिका रहेको छ । जहाँ ७१ प्रतिशत मतदाताले मतदान गरेकाछन् ।
डिलाशैनी गाउँपालिकामा ७० प्रतिशत, सुर्नया गाउँपालिकामा ६८ प्रतिशत, शिवनाथ गाउँपालिकामा ६७ प्रतिशत, मेलौली नगरपालिका र पाटन नगरपालिकामा ६६ प्रतिशत मतदान भएको छ ।
यसैगरी दोगडाकेदार गाउँपालिकामा ६५ प्रतिशत, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकामा ६० प्रतिशत बढी मतदान भएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान