काठमाडौं । स्थानीयतहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा बैतडीमा ६७.२२ प्रतिशत मतदान भएको छ ।
जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार जम्मा एक लाख ४० हजार २ सय एक मतदाता मध्ये ९९ हजार ८ सय ९६ जनाले मतदान गरेका हुन् ।
मतदान गर्नेमा महिला ५४ हजार ३ सय ९६ रहेका छन् भने, पुरुष ४५ हजार ५ सय रहेका छन् ।
जिल्लाको सबैभन्दा बढी मतदान हुने स्थानीयतहमा जिल्लाको पुर्चौडी नगरपालिका रहेको छ । जहाँ ७१ प्रतिशत मतदाताले मतदान गरेकाछन् ।
डिलाशैनी गाउँपालिकामा ७० प्रतिशत, सुर्नया गाउँपालिकामा ६८ प्रतिशत, शिवनाथ गाउँपालिकामा ६७ प्रतिशत, मेलौली नगरपालिका र पाटन नगरपालिकामा ६६ प्रतिशत मतदान भएको छ ।
यसैगरी दोगडाकेदार गाउँपालिकामा ६५ प्रतिशत, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकामा ६० प्रतिशत बढी मतदान भएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
एक घण्टा बाँकी रहँदा ६१ प्रतिशत मतदान
मधेसमा उपनिर्वाचन : दुई बजेसम्म ५७ प्रतिशत मतदान
रुकुम पश्चिममा उपनिर्वाचन : सानीभेरी गाउँपालिका–५ मा ९५० मत खस्यो
हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान