स्थानीय तह निर्वाचन

दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १४ : ४२
दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान

काठमाडौं । निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदानकेन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको छ । 

स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा मतदान भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस