काठमाडौं । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन। नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएका प्रधानमन्त्री बिक्रमासिंघेलाई राष्ट्रपति गोटाबाया राजापाक्षेले पद तथा गोपनीयताको सपथ गराए ।
यसअघि पाँच पटक प्रधानमन्त्री भएका विक्रमासिंघेलाई धराशायी बनेको मुलुकको अर्थतन्त्र उकास्ने उद्देश्यका साथ प्रधानमन्त्री बनाइएको हो । आर्थिक संकटको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
प्रमुख विपक्षी दलहरूले सरकारको नेतृत्व गर्न राष्ट्रपतिले गरेको आह्वानलाई अस्वीकार गरेपछि २२५ सदस्यीय संसदमा एक सिटमात्र रहेको युनाइटेड नेसनल पार्टी (यूपीए) का ७३ वर्षीय विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका हुन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० बैशाख २०७९, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध