काठमाडौं । मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लागेको छ । जसले गर्दा निकै व्यस्त काठमाडौंका सडक यतिबेला भने सुनसान देखिएका छन् । सधै व्यस्त हुने काठमाडौंका सडक आज भने सुनसान देखिएका छन् ।
आज बिहान सात बजेदेखि बेलुका मतदान नसकिँदासम्म पासविनाका सवारी साधन चलाउन पाइँदैन। यो बीचमा पासविनाका सवारी चलाएको खण्डमा दिनभर होल्ड गरेर राखिनेछ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहानैदेखि पास विनाका सवारी साधन होल्ड गरेर राखिएको छ । मुख्य सडकमा ट्राफिक प्रहरी, जनपद प्रहरी र म्यादी प्रहरीले सवारी चेकजाँच गरिरहेका छन् । पासविना चलाइएका सवारीलाई त्यही होल्ड गरेर राखिएको छ ।
आपतलीन प्रयोजनमा प्रयोग हुने एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाडी निर्वाध रुपमा चलिरहेका छन् ।
त्यस्तै अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनु पर्दैन ।
अन्य अत्यावश्यक सेवाका सवारीसाधनका लागि सवारी पासको व्यवस्था गरिएको छ । नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मी र उनीहरूेले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक पर्दैन । तर, प्रेस पास नभएका सञ्चारकर्मीले भने जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि बालकुमारी–ग्वार्को सडक रातको समयमा बन्द
म्याग्दीको विकट गाउँ सडक सञ्जालमा जोडियो
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
काभ्रे - हेटौँडा छोटो दूरीको सडक : धमाधम स्तरोन्नती हुँदै
श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत
नारायणगढ–बुटवल सडकखण्ड : १८ किलोमिटर कालोपत्र