मुगु । सोरु गाउँपालिका-३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार भिँई गाउँ भिरालोमा रहेकाे र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकाेला रोकायाकाे घरमा कांग्रेसका कार्यकर्ताले ढुंगा खसाल्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएकाे छ ।
झडपबाट मानवीय क्षति भने भएको छैन । अहिले दुवै पक्ष छलपल गरेर सामान्य अवस्था रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास
युवा संघ र दुर्गा प्रसाईको समर्थकबीच बल्खुमा झडप
बारामा झडप, प्रहरीद्वारा आठ राउन्ड गोली फायर
लप्सीफेदीमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप, ९ जना घाइते
रूपन्देहीमा मजदुरका दुई समूहबीच झडप : एकको मृत्यु, तीन गम्भीर घाइते
वीरगञ्जस्थित बालसुधार गृहमा झडप, ३ प्रहरीसहित १४ जना घाइते