दाङ । राप्ती राजमार्ग अन्तर्गत तुलसिपुर उपमहानगरपालिकाको रानागाउँ नजिकै एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा सल्यानका संघीय सांसद टेकबहादुर बस्नेत सहित १० जना घाइने भएका छन् ।
सल्यानबाट दाङतर्फ जाँदै गरेको संघीय सांसद टेकबहादुर बस्नेत चढेको बा ८ च ६९२५ नम्बरको गाडी दाङबाट सल्यान आउँदै गरेको ना. अ. क. था. ९४१ नम्बरको एम्बुलेन्ससँग शुक्रबार दिउँसो ठोक्किएको हो ।
सांसद टेकबहादुर बस्नेत चढेको गाडीमा उनीसहित तीन जना र एम्बुलेन्समा चढेका सात जना घाइते भएको इप्रका तुलसिपुरले जनाएको छ । इप्रका तुलसिपुरका प्रनाउ श्यामु अर्यालका अनुसार घाइते सबैको अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको छ ।
अर्यालका अनुसार घाइते हुनेमा बोलेरोमा सवार बाग्चौर नगरपालिका घर भएका ५७ वर्षीय संघीय सांसद टेकबहादुर बस्नेत, उनका गाडी चालक २८ वर्षीय रमेश ओली, २४ वर्षीय महेश घर्ती छन् ।
यस्तै एम्बुलेन्समा सवार रुकुम पश्चिम घर भएका ३२ वर्षीय कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, २१ वर्षीय सुभाष शर्मा, ३२ वर्षीय शम्भुप्रसाद शर्मा, ४२ वर्षीय श्याम प्रसाद शर्मा, २६ वर्षीया राधिका शर्मा र ४८ वर्षीया पुतली खत्री पनि घाइते भएका छन् । गाडी दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदै