काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा जडान गरिएको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ तथा फ्रड नियन्त्रण प्रणाली (टेरामक्स) सम्बन्धी खरिद प्रक्रियामा अनियमितता भएको अभियोगमा दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ आज विशेष अदालतमा तोकिएको छ।
उक्त मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतसहित विभिन्न व्यक्ति र संस्थालाई प्रतिवादी बनाइएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलासमा यस प्रकरणको पेशी रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रणाली खरिदमा तीन अर्ब २१ करोड रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानि भएको दाबी गर्दै गत जेठ २ गते बस्नेतसहित १९ जनाविरुद्ध आरोप पत्र दायर गरेको थियो। मुद्दामा विदेशी परामर्शदाता कम्पनी तथा त्यसको नेपालस्थित प्रतिनिधि संस्थालाई समेत समेटिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, १२ : १३
लेखकबाट थप