काठमाडौं । कास्की, नवरलपरासी (पश्चिम), काठमाडौं, मकवानपुर र गोर्खामा पाँच जना मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१६ अर्मलास्थित सडक छेउमा सोही ठाउँ बस्ने धादिङ गंगा जमुना गाउँपालिका–२ घर भएका ४५ वर्षीय पुरी लामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी(पश्चिम)को सुनवल नगरपालिका–१३ बडेरास्थित शिव मन्दिर नजिक बाटोको छेउमा सोही ठाउँस्थित घिउडल्ला बस्ने २२ वर्षीय श्याम प्रसाद न्यौपाने बुधबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिब चोकस्थित सटरमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको बकैया–२ कैलेनी भिर नजिक हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोकस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा पोथी गैँडा मृत फेला
टेकु दोभानमा एक जना मृत फेला
तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी
चितवनको जङ्गलमा एक पुरुष मृत फेला
महिला झुण्डिएको अवस्थामा मृत फेला
कलाकार अभिनास झाकी पत्नी मृत फेला