काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सांसद पद थमौती गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ । एमालेका वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा उनले सांसद पद थमौतीको माग गर्दै रिट दायर गरेका हुन् । रिट निवेदकहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि हुन् ।
हाल नेपालबाहेक सबै एमालेमै छन् । रिटमा नेपालसहितका चार नेताले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी चलाएर राजनीतिक जीवन नै समाप्त गर्ने दूराशयपूर्ण मनोभावना राखी सांसद पदबाट हटाउन खोजेको रिटमा उल्लेख गरेका छन् ।
रिटमा उनीहरूले २८ फागुन २०७७ तथा ७ चैत २०७७ सँगै ६ वैशाख २०७८ मा एमालेले गरेको निर्णय र सोही निर्णयलाई आधार मानेर ओलीले कारबाही गर्न लागेको पनि उल्लेख छ । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमार्फत उनीहरूले परमादेश पनि माग गरेका थिए ।
१३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि रिटको पेसी १० चैत २०७८ मा तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’ भनियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल