काठमाडौं । भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ। २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि बुधबार सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको हो । जहाज बिहान साढे ८ः२८ बजे भैरहवामा अवतरण गरेको विमानस्थल प्रशासनले जनाएको छ ।
मोदी बुद्ध जयन्तीका दिन जेठ २ गते नेपाल आउँदै छन् । सो जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट उडान भरेर काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । लगत्तै सो जहाज लुम्बिनीतर्फ लागेको थियो । भारतीय सुरक्षाकर्मीलाई छोडेर विमान आजै दिल्ली फिर्ता हुने प्रशासनले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन्। मोदी हेलिकप्टरबाट लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १२ : ५८
लेखकबाट थप