हुम्लामा निर्वाचन अधिकृतमाथि खनिए तीन दल, कारबाहीको माग

सफल खबर संवाददाता

बुधबार, २८ बैशाख २०७९, ०९ : ०६
हुम्लामा निर्वाचन अधिकृतमाथि खनिए तीन दल, कारबाहीको माग

काठमाडौं । हुम्लामा निर्वाचन अधिकृतमाथि नै तीन दल खनिएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले अदानचुली गाँउपालिकामा खटीएका निर्बाचन अधिकृतले निर्वाचन आचार संहिता विपरित कार्य गरेकाले उनीहरुलाई तत्काल कानुन अनुसार कारबाही गर्न माग गरेका छन् । 

एक विज्ञप्तिमार्फत उनीहरुले सेवाबाट निलम्ब गर्न र नगरिएको खण्डमा निर्बाचनको दिन निर्बाचन अधिकृतबाट निर्बाचन बिथोलीएमा र अन्य घटना भएमा संबन्धित निकायले जिम्मेवार हुन पर्नेछ भनि ध्यानाकर्षण गराएका छन् । 

गाउँपालिका करार कर्मचारी रुपमा काम गर्ने र उम्मेदारका घर भित्रकै मान्छेलाई निर्बाचनलाई प्रभावित पार्ने गरी आचार संहिता विपरीत निर्बाचन कर्मचारीको रुपमा नियक्ती गरेको, निर्वाचन हुनु अगाडी नै कानुन बिपरीत सक्कल मतपत्र एउटा दललाई मात्र वितरण गरेको, सर्बदलिय सहमति नहुदै प्रेशमा सुचना प्रशारण गरेको जस्ता आरोप अधिकृतमाथि लागेको छ।

प्रतिक्रिया दिनुहोस