कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

बुधबार, २८ बैशाख २०७९, ०७ : ५८
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ समेत हाल पश्चिम मध्य बंगालको खाडीमा रहेको जल तथा मौसम पूवार्ननुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १का एकदुई स्थानहरूमा मेघसहित वर्षा भइरहेको छ।

यस्तै दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस