एजेन्सी । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ । सरकारका विरुद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यूको घोषणा गरेको हो ।
सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलंकाली सरकारले जनाएको छ ।श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री महिन्दा राजपाक्षेले हिजो मात्र आफ्नो पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीहरूमध्ये धेरैले प्रधानमन्त्री राजपाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २७ बैशाख २०७९, १७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त