एजेन्सी । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ । सरकारका विरुद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यूको घोषणा गरेको हो ।
सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलंकाली सरकारले जनाएको छ ।श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री महिन्दा राजपाक्षेले हिजो मात्र आफ्नो पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीहरूमध्ये धेरैले प्रधानमन्त्री राजपाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २७ बैशाख २०७९, १७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि