५ बर्षमा रेनु दाहालले फेरेको भरतपुरको स्वरूप

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १५ : ५५
५ बर्षमा रेनु दाहालले फेरेको भरतपुरको स्वरूप

चितवन । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको काखमा, पवित्र नारायणी नदी किनार मा अवस्थित भरतपुर  महानगरपालिका ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक आदि रूपले मुलुककै अग्रणी नगरीको रूपमा आफ्नो पहिचान बनाएको छ । वि.सं. २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाई भरतपुर नगर पञ्चायतको रूपमा रही २०४८ साल देखि भरतपुर नगरपालिकाको रूपमा संचालित भएकोमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१,०८,१६ को निर्णयले यस भरतपुर नगरपालिकालाई आसपासका पाँच गा।बि।स। मगंलपुर ,फुलबारी , गीतानगर शिवनगर र पटिहानी  समावेश गरि भरतपुर उप– महानगरपालिकामा स्तरोन्नती गरिएको थियो ।  यसै गरि नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३,११,२७  को निर्णयले यस भरतपुर उप –महानगरपालिका मा नारायणी नगरपालिका , चित्रबन नगरपालिका र कविलास गा।बि ।स समेत थप गरि भरतपुर महानगरपालिकामा  स्तरोन्नती भएको हो ।

यो देशकै चौथौ ठूलो सहर हो । यो नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको एक हो ।  नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत केन्द्रीय नेपालको व्यापारिक केन्द्र हो । यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ सहर मुख्य शहर हो । कुल २९ वटा वडा रहेको भरतपुर ४३२।९५ वर्ग किलोमिटरमा फैलिएको छ । भरतपुर  महानगरको १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् ।गएको निर्वाचनमा ४३ हजार १२७ मत ल्याएर रेनु दाहाल मेयर निर्वाचित भएकी थिईन् उनै रेनु दाहालले सिगारेको भरतपुर अहिले नेपालकै सुन्दर सहरका रुपमा बिकास भएको छ ।

२०७८ को राष्ट्रियजनगणना अनुसार यहाँको जनसंख्या तीन लाख ६९ हजार ३७७ पुगेको छ । नेपालका छ महानगर मध्ये जनसंख्याको हिसाबलेकाठमाण्डौं, पोखरा पछि तेस्रो स्थानमा छ भरतपुर । नेपालको क्षेत्रफलको सुन्य दशमलब २९ प्रतिशत मात्र क्षेत्रफल र नेपालको जनसंख्याको एक दशमलब २६ प्रतिशतको हाराहारीमाजनसंख्या रहेको भरतपुर महानगर चर्चाको हिसाबले नेपालकै केन्द्र विन्दुमा छ । झन पछिल्लो समय स्थानीय तहको निर्वाचनको मितिसार्वजनिक हुँदै गर्दा भरतपुर चर्चा झनै उच्च शिखरमा छ ।

वितेको पाँच वर्षको कार्यकालमा महानगर प्रमुख रेनु दाहाल र उनको टीमले गरेको मेहनतका कारण यो महानगर चर्चाको शिखरमा पुगेको हो । छोटो समयमा बढी विकास गरेर कसरी आफ्नो उत्कृष्ठताको नमूना प्रस्तुत गर्न सफल भयो ? क्षेत्रफल र जनसंख्याको हिसाबले सानो भएर पनि किन चर्चाको शिखरमा छ भरतपुर महानगर ? यस विषयमा हामीले यस अंकमा केही खोतल्ने प्रयास गरेका छौं।

नारायणी नदी तटमा रहेको विकासको दृष्टिकोणले प्रशस्त सम्भावना बोेकेको भरतपुर महानगर नेपालको सबैभन्दा तीब्र गतिले विकासभइरहेको सहरहरु मध्येको एक मात्र होइन शिर्ष स्थानको सहर हो । नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायतनेपलाको केन्द्रीय राजधानी काठमाण्डौं र मध्य क्षेत्रमा पर्ने गण्डकी र बागमती प्रदेशलाई तराई संग जोड्ने श्रृखला एवं नेपालकोव्यापारिक केन्द्र हो। यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ सहरमा मुख्य व्यापारिक पसल र ठूला होटेलहरु रहेका छन भने अन्यआवश्यक पूर्वाधारका साधनहरु नगरको अन्य क्षेत्रहरुमा रहेका छन् । कुल २९ वटा वडा रहेको भरतपुरको जनसंख्या अघिल्लोजनगणनामा दुई लाख ८० हजारको हाराहारीमा मात्र थियो ।

कसरी बन्यो महानगर

बिक्रम सम्बत २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय गरि फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित गरि भरतपुरलाईमहानगरपालिकामा स्तरोन्नति गरिएको हो । भरतपुर लाई उपमहानगरपालिका बाट स्तर उन्नती गरि महानगर बनाउन यहाँका राजनीतिकपार्टी नेतृत्वको ठूलो योगदान छ । त्यसमा पनि तत्कालीन प्रधानमन्त्री एवं हाल चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमलदाहाल ‘प्रचण्ड’को ठुलो योगदान छ । उनकै कारण धेरै पूर्वाधार अपुग हुँदा पनि भरतपुर महानगरका स्तर उन्नती भएको थियो ।

महानगर बनाउँदा साविकका भरतपुर उपमहानगरपालिकामा नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाउँ विकाससमितिलाई समावेश गरि २९ वडामा विभाजन गरिएको हो । यस अघि २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढगाउँ पञ्चायतलाई मिलाएर भरतपुर नगर पञ्चायत बनाइएको थियो । सोही नगर पञ्चायतलाई २०४८ सालबाट भरतपुर नगरपालिकाकोरुपमा ग्रहण गरिएको थियो । त्यस पछि २०७१ साल मंसिर १६गतेको तत्कालीन नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले मंगलपुर, फुलबारी, गीतानगर, शिवनगर र पटिहानी गरि पाँच गाउँपालिकालाई समावेश गरि भरतपुर उप–महानगरपालिका बनाइएको थियो ।

पहिलो स्थानीय तह निर्वाचन २०७४ मा यस महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले  महानगर प्रमुख रउपप्रमुखमा गठबन्धन गरि प्रमुख पदमा रेनु दाहाल र उपप्रमुख पदमा पार्वती शाह ठकुरी विजयी भएका थिए ।
नेपालमा ७५ जिल्ला रहेको बखत चितवनलाई ७६औ जिल्लाको रुपमा चित्रण गरिँथ्यो । यहाँको बसोवास र रहनसहनले यतिवेला पनि ७८ औं जिल्लाको रुपमा हेरिन्छ । चितवनको भरतपुर महानगरपालिका समग्र जिल्लाकै पहिचान जस्तै प्रकृतिको छ । यसमहानगरपालिका क्षेत्रमा नेपालका प्रायः सबै जसो जिल्लाबाट बसाई सराई गरि आएका बासिन्दाहरुको मिश्रित बसोबास छ । त्यहीमिश्रित बसोवास यहाँको विकासको आधार हो ।

पाँच वर्ष अन्तरालमा भरतपुर

पाँच वर्ष अगाडि सम्म भरतपुर महानगरपालिका क्षेत्रको बिकास समय गति अनुसार चल्दो थियो । जनघनत्व वढ्ने  र नयाँ सहरमापरिणत हुँदा समेत बदलिंदो समयको गतिलाई पक्डिन सकेको थिएन । महानगर घोषणा हुँदै गर्दा महानगरमा हुनुपर्ने अधिकाँश प्रावधानपुरा भएका थिएनन् । माथि उल्लेख भइसके जस्तै मात्र चितवनका राजनीतिक दलहरुको पहल त्यसमा पनि नेकपा ९माओवादी केन्द्र०काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलकदमी र साथले भरतपुर महानगरपालिकामा परिणत भएको थियो । यहाँको अवस्थालेमहानगरलाई गिज्याई रहेको भान हुन्थ्यो ।
 
उपमहानगरपालिका बाट महानगरपालिपकामा स्तरोन्नती भएपनि, आवस्यक  पूर्वाधारको विकास थिएनन् । निर्वाचित जनप्रतिनिधि लाईकाम कहाँबाट शुरु गर्ने अन्यौल थियो । काँग्रेस संगको सहकार्यमा जितेर आएकी महानगर प्रमुख रेनु दाहाललाई प्रतिस्पर्धामा रहेकोअर्को पार्टीबाट जितेर आएका जनप्रतिनिधिको साथ थिएन् । केही समय काम गर्न समेत निक्कै अप्ठ्रो परिस्थिति सिर्जना भयोे । तर, पछिल्लो समयमा समय परिस्थितिले कोल्टे फे¥यो । लगभग पाँच वर्षको यो अवधिमा भरतपुर देशकै नमूना सहरमा परिणत हुँदै छ ।महानगर प्रमुखको जिम्मेवारी सम्हालेकी रेनु दाहाल भन्छिन् “लगभग वितेको पाँच वर्षको पहिलो तीन महिना साउन देखि असोज सम्मकोअवधि प्रतिद्वन्द्वी साथीहरुलाई सम्हाल्दैमा वित्यो । झण्डै दुई वर्ष कोरोनाको कारण भने जति काम गर्न सकिएन् । तर पनि यहाँकोविकास अन्य स्थानीय तहको भन्दा राम्रै भएको भन्ने ठानेकी छु । मैले मात्र भनेको होइन सबै त्यसै भन्छन । खै सबैको वाहीवाहीखाइरहेकी छु ।”

सडक पूर्वाधारमा क्रान्ति

२०७४ पूर्व भरतपुरमा जनसंख्या मात्रै वढेको थियो । पूर्वाधार विकासको कुनै छेकछन्द नै थिएन । सडक पुर्वाधारको अवस्था नाजुकथियो । स्थानीय तहको पहिलो निर्वाचनमा धुलाम्मे सडकमा भोट माग्न हिड्दै गरेको अनुभव सुनाउँदै दाहालले भनिन् “त्यस बखत मजहाँजहाँ पुग्थे त्यहाँ पहिलो आवस्यकता सडक कालोपत्रे गर्नु प¥यो भन्ने हुन्थ्यो ।