काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गरेका छन् । बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा उनले सरकारमा दुई ठूला पार्टी भए पनि जनताको पक्षमा केही गर्न नसकेको आरोप लगाए ।
“दुईवटा हात्तीजस्ता पार्टीहरू छन्, सत्तामा । तर, कमिलो पनि मार्दैनन्,” उनले भने ।
उनले देशका क्षेत्रमा व्याप्त भ्रष्टाचार रहेको र भ्रष्ट व्यक्तिहरू शासनमा पुगेको बताए । “जबसम्म भ्रष्टाचार उन्मूलन गर्ने अभियान एउटा आँबीबेहरी ल्याउन सकिँदैन, तबसम्म यो देशका जनताले हक पाउने कुनै सम्भावना छैन,” उनले भने ।
उनले बहुदलीय जनवाद र पुँजीवादी प्रणालीले देशलाई दलाल पुँजीवादतर्फ धकेलेको बताए । “हरेक दिन २५ सय मानिस विदेश जाँदैछन्, पाँच जनाको शव बाकसमा फर्किन्छ । यही हो बहुदलीय जनवादले गरेको काम ?”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०८२, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी