रोल्पा । रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले बताए ।
तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ । उहाँलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास
युवा संघ र दुर्गा प्रसाईको समर्थकबीच बल्खुमा झडप
बारामा झडप, प्रहरीद्वारा आठ राउन्ड गोली फायर
लप्सीफेदीमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप, ९ जना घाइते
रूपन्देहीमा मजदुरका दुई समूहबीच झडप : एकको मृत्यु, तीन गम्भीर घाइते
वीरगञ्जस्थित बालसुधार गृहमा झडप, ३ प्रहरीसहित १४ जना घाइते