कस्तो रहला आज देशभरको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, ०७ : ५७
कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल  स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथसाथै चक्रवात “असानी“ समेतको आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ । 

महाशाखाका अनुसार मंगलबार बिहान मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ।

यस्तै दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने सुदूर पश्चिम, कर्णाली  र गण्डकी प्रदेशको केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा पनि मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति प्रदेश १ तथा मधेश प्रदेशको लगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली  रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा  हल्का  वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस