हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका-७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।
चुनावको विषयलाई लिएर नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाईलाई कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले आरोप लगाइन् । उनीहरू दाजुभाइ समेत रहेका छन् ।
घाइते विष्णु र हरिको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीले बताइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त झगडा घरझगडा भएको र यसलाई राजनीतिक रूपमा नलिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, १८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)