श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

एजेन्सी

सोमबार, २६ बैशाख २०७९, १६ : ४७
श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

काठमाडौं । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका छन् ।

श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकारविरोधी प्रदर्शनलाई मत्थर बनाउन टापू मुलुक श्रीलंकामा लगाइएको देशव्यापी कफ्र्यु घोषणाका बीच राजापाक्षेको राजीनामा आएको हो ।

जारी राजनीतिक संकट समाधानका लागि राजापाक्षेले आइतबार भाइ समेत रहेका राष्ट्रपति गोटाबाये राजापाक्षेलाई भेटेर आफूले पदबाट राजीनामा दिन लागेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस