श्रीलंकामा सरकारले आर्थिक संकट सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सरकार समर्थकहरुले हमला गरेपछि फेरि कर्फ्यू लगाइएको छ।
कोलम्बोस्थित प्रधानमन्त्री र राष्ट्रपति कार्यलय बाहिर भएका हिंसामा कम्तीमा २० जना घाइते भएका छन्।सरकार समर्थकहरूले प्रहरी घेरा तोडेर लाठी प्रयोग गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो।
बढ्दो मूल्य बृद्धि र लोडसेडिङको विरोधमा गत महिनादेखि बृहत प्रदर्शन भएका छन्।सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि देशमा आर्थिक संकट बढेको छ। सरकारले आपतकालीन आर्थिक सहयोगका लागि अनुरोध गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ बैशाख २०७९, १६ : ३४
लेखकबाट थप