विश्वका ७ प्रमुख अर्थतन्त्रहरूको समूह जी ७ का नेताहरुले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गरेका छन् ।जी ७ का नेताहरूले भिडियो लिंकमार्फत जेलेन्स्कीसँग युक्रेनमा जारी रुसी आक्रमणका बारेमा छलफल गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
‘हामी रुसी तेलको आयातमाथि प्रतिबन्ध लगाएर वा कटौती गरेर रुसी ऊर्जाबाट हाम्रो निर्भरता हटाउन प्रतिबद्ध छौँ ।’ जी ७ का नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘हामी यस कार्य सुमधुर एवम् समय साक्षेप रुपमा गर्नेछौँ ।’
‘दिगो विश्वव्यापी उर्जा आपूर्ति तथा उपभोक्ताका लागि सुपथ मूल्य सुनिश्चित गर्न हामी सँगै र हाम्रा साझेदारहरुसँग काम गर्नेछौँ ।’ संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ बैशाख २०७९, १४ : ५६
लेखकबाट थप