क्यानाडाका प्रधानमन्त्री युक्रेनमा : राष्ट्रपति जेलिन्स्किीसँग भेटवार्ता

एजेन्सी

सोमबार, २६ बैशाख २०७९, १३ : ४८
क्यानाडाका प्रधानमन्त्री युक्रेनमा : राष्ट्रपति जेलिन्स्किीसँग भेटवार्ता

एजेन्सी । क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ युक्रेन पुगेका छन । उनी आइतबार युक्रेन पुगेको समाचारमा जनाइएको छ ।प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गर्नुभएको बताइएको छ ।

उनिहरुका बीचमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको थियो । त्यस अवसरमा क्यानाडाले युक्रेनलाई गर्ने सहायताका बारेमा कुराकानी भएको थियो ।त्यसक्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले रुसका विरुद्धमा थप नाकाबन्दीका लागि आग्रह गरेका थिए ।

साथै राष्ट्रपति जेलिन्स्किीले क्यानाडासँग युक्रेनका लागि थप सैन्य तथा अन्या मानवीय सहायता सामग्रीहरुको माग गरेका थिए।त्यस अवसरमा क्यानाडाली प्रधानमन्त्रीले युक्रेनका लागि थप सैन्य सहयोग र अन्य आर्थिक सहायतासम्बन्धी प्याकेजको पनि घोषणा गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस