काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले भोलि मंगलबार सार्वजनिक गर्ने ट्रेजरी बिलको अपराहन्न ३ बजे खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बोलकबोल गर्ने भएको हो ।
इच्छुक लगानीकर्ता वा बिल खरिदकर्ताले सो अवधिभित्र आवेदन दिइसक्नुपर्नेछ । तीन खालको बिल विक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि ११ अर्ब रुपैयाँ र ३६५ दिनका लागि २ अर्ब ८ करोड रुपैयाँ छुट्याएको छ ।
खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बिलको खरिद–विक्री गरिने भनिएपनि कुल बिल रकमको अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाटै र बाँकी १५ प्रतिशत भने बिना प्रतिस्पर्धा वितरण गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै