काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले भोलि मंगलबार सार्वजनिक गर्ने ट्रेजरी बिलको अपराहन्न ३ बजे खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बोलकबोल गर्ने भएको हो ।
इच्छुक लगानीकर्ता वा बिल खरिदकर्ताले सो अवधिभित्र आवेदन दिइसक्नुपर्नेछ । तीन खालको बिल विक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि ११ अर्ब रुपैयाँ र ३६५ दिनका लागि २ अर्ब ८ करोड रुपैयाँ छुट्याएको छ ।
खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बिलको खरिद–विक्री गरिने भनिएपनि कुल बिल रकमको अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाटै र बाँकी १५ प्रतिशत भने बिना प्रतिस्पर्धा वितरण गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले एक वर्षका लागि २० अर्बको ऋणपत्र निष्कासन गर्दै, बोलकबोल आजै
व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था