खल्तीले ल्यायो रिफर गरि अनलिमिटेड कमाउने अफर

सफल खबर संवाददाता

आइतबार, २५ बैशाख २०७९, १२ : ०८
खल्तीले ल्यायो रिफर गरि अनलिमिटेड कमाउने अफर

काठमाडौं । खल्तीले बैंक लिंक रिफर गरी कमाउन सकिने अफर सार्वजनिक गरेको छ । यस अभियानमा खल्ती केवाईसी प्रमाणित भएका जो कोहीले आफ्नो–आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन् ।

प्रत्येक रिफरमा प्रयोगकर्ताले ५० रुपैयाँ कमाउनेछन् । खल्तीमा बैंक लिंक गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिंक गर्ने प्रयोगकर्ताहरूका लागि पनि राम्रो अवसर हो । केहि सेकेन्ड मै बैंक खाता लिंक गरि प्रयोगकर्ताहरूले आफ्नो वालेटमा बिना लोड भुक्तानी गर्न सक्नेछन् । यो सेवा समय बचत गर्नको लागि लोकप्रिय सुविधा हो ।

यसका साथै, प्रयोगकर्ताले ‘खल्ती’मा एभरेष्ट बैंक वा माछापुच्छ्रे बैंक खाता लिंक गरेमा एक सय रुपैयाँ बोनस र स्मार्टफोन जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् । यस अफरले वालेट लोड गर्नेहरूको समय बचत गर्छ र भुक्तानी गर्न लाग्ने समय बचत गर्ने विश्वास कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस