काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर (Election Offer) उपलब्ध गराउने भएको छ । रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुनेछ ।
कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ । ३ दिन सम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु. ९८ मा उपलब्ध हुनेछ । ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु. ९८ मा उपलब्ध हुनेछ ।
त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई स्थानमा फाइबर केबल चुँडिएर इन्टरनेटमा समस्या : नेपाल टेलिकम
संविधान दिवसमा टेलिकमको अफरै अफर
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधा