चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको परिवर्तनका सम्बाहक युवा भएको बताएका छन । राप्रपा निकट मजदुर संघठनका युवाहरुको पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नव प्रवेश गर्नुहुने युवाहरुलाई यतिवेला सबै भन्दा महत्वपूर्ण विषय स्थानीय तहको निर्वाचन भएकाले आफ्नो तहबाट निर्वाचनलाई सफल बनाउनको लागि लाग्न यूवाहरुलाई निर्देशन दिए ।
यस वखत म तपाईहरुलाई धेरै भन्न चाहन्न भन्नुहुँदै प्रचण्डले निर्वाचन पछि क्षमता र योग्यता अनुसारको पार्टीको जिम्मेवारी दिने बताए । राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्षसहित ६० जना भन्दा बढी युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरुलाई एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्षले खादा र अविर लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
राप्रपाको जिल्ला नेतृत्वमा रहेका युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपा संग चुनावी गठबन्धन गरेको नेकपा एमालेमा यतिवेला खैलाबैला मच्चिन थालेको विश्लेषकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने