५ दलिय गठबन्धनको भरतपुरमा प्रचारप्रसार तिब्र, कृषि, पर्यटन र शिक्षाको विकासमा बढी जोड दिने प्रत्यासीको बाचा

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, १० : ५२
५ दलिय गठबन्धनको भरतपुरमा प्रचारप्रसार तिब्र, कृषि, पर्यटन र शिक्षाको विकासमा बढी जोड दिने प्रत्यासीको बाचा

चितवन । सत्ता गठबन्धनबाट भरतपुर महानगरका प्रत्यासी उम्मेदवारहरुले आज ५ नम्बर वडामा घरदैलो र चुनावी सभा गरेका छन् ।  उम्मेदवारहरु मतदाताहरुको घरमा घरमा पुगि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

उनीहरु मतदाता समक्ष आफ्नो विकासको खाका प्रस्तुत गर्दै भरतपुरलाई देशकै विकासको नमुना शहर बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरे । भरतपुर ५ नम्बर वडामा चुनावी सभालाई सम्बोधन गर्दै उपमेयर पदका उम्मेदवार चित्रसेन अधिकारीले भरतपुर धेरै क्षेत्रमा सम्भावना बोकेकाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षामा बढी केन्द्रित भई यसबाट हुनसक्ने जति लाभ भरतपुरबासीलाई प्रदान गर्ने बताए ।

उनले यो भन्दा अघिल्लो कार्यकाय पनि वडाध्यक्ष भएर काम गरिसकेकाले नगरको विषयमा धेरै जानकारी भएकाले यसपटक ग्रामीण भेगको पुर्वाधार निर्माणमा बढी जोड दिने बताए । 

सोही चुनावी सभामा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भरतपुरलाई मेडिकल सिटीको रुपमा विकास गर्नुपर्ने धारणा राखे । उनले आफु चिकित्सक भएका नाताले भरतपुरलाई मेडिकल सिटीमात्र नभई स्वास्थ्य शिक्षासँगै, एउटा बिरामीले उत्कृष्ट उपचार पाओस पनि चाहेकाले त्यो भिजन ५ दलिय गठबन्धनका प्रत्यासीहरुसँग भएकाले गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरे । सभामा ५ नम्बर वडाका स्थानियबासीको उल्लेख्य उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस