बढ्यो हवाइ यात्रा सेवा शुल्क

पत्रपत्रिकाबाट

शुक्रबार, २३ बैशाख २०७९, ०८ : ०५
बढ्यो हवाइ यात्रा सेवा शुल्क

काठमाडौं । सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ । अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा शुल्क भुक्तानी गर्नु पर्नेछ । सरकारले विमानस्थल सेवा शुल्क नियमावली २०७८ स्वीकृत गरेअनुसार नयाँ नियमावलीमा यात्रु सेवा शुल्कमा केही वृद्धि भएको छ।

यसअघिको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार अन्तर्राष्ट्रिय यात्रु  (सार्क) ले ७ सय ५० रुपैयाँ र त्यसबाहेक अन्य देशका यात्रुले एक हजार रुपैर्या लिइँदै आएको थियो । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस