ताप्लेजुङमा छोराले गरे बृद्ध बुवाआमाको हत्या

पत्रपत्रिकाबाट

शुक्रबार, २३ बैशाख २०७९, ०७ : ५४
ताप्लेजुङमा छोराले गरे बृद्ध बुवाआमाको हत्या

ताप्लेजुङ । ताप्लेजुङको लेलेपमा छोराले आफ्नै बृद्ध बुवा आमाको हत्या गरेका छन्। फक्ताङ्लुङ गाउँपालिका  ६ लेलेपको गोटीछाँगाका २५ वर्षीय आईतराज लिम्बूले बिहीबार साँझ हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार आइतराज बुबा बृखबहादुर लिम्बू र आमा फिपरानी लिम्बूको हत्या गरेका हुन्। मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको राईले बताए।

स्थानीयका अनुसार एकान्तस्थलमा यहाँ २ वटा मात्रै घर रहेका छन्। घटनाको जानकारी पनि स्थानीयले लेलेप प्रहरी चौकीमा खबर गरेका थिए।  आइतराज भेडाको गोठमा बस्ने गर्थे। एकसाता अघिमात्रै पारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलाएको स्थानीयले बताएका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस