चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।
उनले प्रतिगमनकारी शक्तिसँग लडिरहेको गठबन्धन भविष्यमा पनि निरन्तर रहिरने भन्दै स्थानीय तह चुनावमा कसैले दायाँबायाँ गर्न नहुने बताए ।
चितवनमा रहेका प्रचण्डले स्थानीय तहमा भएको गठबन्धनअनुसार भोट हाल्न आह्वान गरे । उनले भने, ‘माओवादीले काँग्रेसलाई पनि भोट हाल्नुपर्छ । काँग्रेसले माओवादी होस् वा समाजवादी जसपा आवश्यकताअनुसार मत हाल्नुपर्छ । हामी एक भएर प्रतिगमनलाई हराउनु पर्छ ।’
उनले गठबन्धनलाई सशक्त बनाउन काँग्रेसले भरतपुरमा माओवादीका उम्मेदवारलाई भोट हाल्ने पनि बताए । यसमा काँग्रेस इमान्दार रहेको उल्लेख गर्दै प्रचण्डले गठबन्धनले नै २० वर्षसम्म देश चलाउने योजनासहित अघि बढेको बताए ।
उनले ओली प्रवृत्ति घातक रहेको भन्दै यसलाई जनताले समयमै चिन्न जरुरी रहेको पनि बताए । चितवनमा एमालेले अनावश्यक भ्रम फैलाउन खोजेको प्रति संकेत गर्दै प्रचण्डले हारको मानसिकता पहिल्यै देखिएकाले कस्तो नतिजा आउँछ भन्ने स्पष्ट भइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता