चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।
उनले प्रतिगमनकारी शक्तिसँग लडिरहेको गठबन्धन भविष्यमा पनि निरन्तर रहिरने भन्दै स्थानीय तह चुनावमा कसैले दायाँबायाँ गर्न नहुने बताए ।
चितवनमा रहेका प्रचण्डले स्थानीय तहमा भएको गठबन्धनअनुसार भोट हाल्न आह्वान गरे । उनले भने, ‘माओवादीले काँग्रेसलाई पनि भोट हाल्नुपर्छ । काँग्रेसले माओवादी होस् वा समाजवादी जसपा आवश्यकताअनुसार मत हाल्नुपर्छ । हामी एक भएर प्रतिगमनलाई हराउनु पर्छ ।’
उनले गठबन्धनलाई सशक्त बनाउन काँग्रेसले भरतपुरमा माओवादीका उम्मेदवारलाई भोट हाल्ने पनि बताए । यसमा काँग्रेस इमान्दार रहेको उल्लेख गर्दै प्रचण्डले गठबन्धनले नै २० वर्षसम्म देश चलाउने योजनासहित अघि बढेको बताए ।
उनले ओली प्रवृत्ति घातक रहेको भन्दै यसलाई जनताले समयमै चिन्न जरुरी रहेको पनि बताए । चितवनमा एमालेले अनावश्यक भ्रम फैलाउन खोजेको प्रति संकेत गर्दै प्रचण्डले हारको मानसिकता पहिल्यै देखिएकाले कस्तो नतिजा आउँछ भन्ने स्पष्ट भइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने