उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षिय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९ एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।
मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप्प गरि अनुसन्धान थालिएको छ । उनलाई लागु औषध ऐनअनुसार कारबाही गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ