मन्मा । आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री पुगेको छ । जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा मतदान स्थलमा पु¥याउने काम सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश लालकाजी श्रेष्ठले आवश्यक मतपत्र सहित अन्य सामग्री जिल्ला आइपुगेको जानकारी दिए । जिल्लाका नौ स्थानीय तहमा पुरुष ४१ हजार ९४४ र महिला ३८ हजार ४७२ मतदाता छन् ।
जिल्ला निर्वाचन अधिकृत नन्दराम चौलागाईंले निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए। निर्वाचन सुरक्षामा लागि चारवटै सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन हुने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले निर्वाचनमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ बैशाख २०७९, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदान स्थलबाट मतपत्र हराएपछि मतदान स्थगित
७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र
हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री
मतपत्र छपाइ अन्तिम चरणमा
प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक
प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी