उम्मेदवारको घरनजिक भेटियो शंकास्पद वस्तु

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, ०८ : ०५
उम्मेदवारको घरनजिक भेटियो शंकास्पद वस्तु

विराटनगर । मोरङको सुन्दरहरैँचामा उम्मेदवारको घरनजिक बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ।

सुन्दरहरैँचा नगरपालिका-११ शुक्रबारेस्थित वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घरनजिक मकैबारीमा टेपले बाँधेर राखेको र तार बाहिर निकालिएको अवस्थामा प्रेसर कुकर फेला परेको मोरङ प्रहरीले जनाएको छ । ढकाल नेकपा (एमाले)का तर्फबाट वडा सदस्यका उम्मेदवार हुन् । 

घटनास्थलमा प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं भन्ने पर्चा भेटिएको छ । पर्चा सोही प्रेसर कुकरमा टेपले बाँधेर राखिएको छ । प्रहरीका अनुसार उक्त शंकास्पद वस्तु  कसले राखेको भने खुल्न सकेको छैन ।

शंकास्पद वस्तु आसन्न स्थानीय तह निर्वाचन विरोधी समूहले राखेको हुन सक्ने अनुमान गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस