जिम्बावे एविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, १२ : ४२
जिम्बावे एविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । जिम्बावे ए विरुद्धकाे दाेस्रो टी-२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ राेज्दै जिम्बावेलाई ब्याटिङकाे निम्ताे दिएकाे हाे ।

नेपाली टिममा एक परपवर्तन गरिएकाे छ । आरिफ शेखकाे स्थानमा भीम सार्की पहिलाे एघारमा खेल्दैछन् । पहिलाे टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएकाे थियो । नेपालले दिएकाे १८२ रनकाे लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस