काठमाडौं । निर्वाचन आयोगलले भक्तपुर जिल्लासहित ६ वटा महानगरपालिकाबाहेक अन्य ७६ जिल्लाका लागि मतपत्र छपाई सम्पन्न गरिसकेको छ ।
४३ वटा जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको आयोगले जनाएको छ । आयोगका अनुसार ७६ लाख ७३ हजार मतपत्र सबन्धित जिल्लामा ढुवानीसमेत गर्न भ्याईसकेको छ ।
काठमाडौंवाट लामो दूरीमा रहेका जिल्लालाई प्राथमिकता दिएर उक्त मतपत्रहरु बिभिन्न जिल्लामा पठाउँदा मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत पुर्याईएको छ । ४३ जिल्लाका लागि गत १३ वैशाखदेखि नै मतपत्र छपाई सम्पन्न गरी विभिन्न जिल्लामा पठाईएको प्रवक्ता शालिग्राम तिवारीले जानकारी दिएका छन ।
हालसम्म १ करोड ८० लाख ४५ हजार मतपत्र छपाईको काम सम्पन्न गरेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ बैशाख २०७९, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदान स्थलबाट मतपत्र हराएपछि मतदान स्थगित
७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र
हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री
मतपत्र छपाइ अन्तिम चरणमा
प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक
प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी