लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० गतेका लागि आह्वान

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १४ : ५०
लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० गतेका लागि आह्वान

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० गतेलाई आह्वान गरिएको छ। आज प्रदेश प्रमुखको अमिक शेरचनले २० गते मंगलबार दिउँसो  १ बजेका लागि बैठक आह्वान गरेका हुन् । 

प्रदेश प्रमुख शेरचनले जारी गरेको सूचनामा संविधान धारा १२३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गरिएको उल्लेख छ । वैशाख २० गते  १ वजे बस्ने बैठकमा सम्पूर्ण प्रदेशसभा सदस्यलाई उपस्थित लागि आह्वान गरिएको  प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।

प्रतिक्रिया दिनुहोस