काठमाडौं । इलाका प्रहरी कार्यालय बर्दिबासले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा बर्दिबासबाट खटिएको प्रहरी टोलीले आज बर्दिबासस्थित सेन्टर पोइन्ट बोर्डिङ स्कुल नजिकैबाट चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दिबास-१४ बस्ने २३ वर्षीय दिनेश साह, सोही ठाउँ बस्ने २३ वर्षीय पोटा भन्ने रामबाबु महतो र चाकु भन्ने जित बहादुर पूर्वछाने रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले प्रतिबन्धित नाइट्रोभेट-१० लेखिएको एक पत्तामा ३० चक्कीको दरले चार पत्तामा १२० चक्की, पत्ता काटिएको सानो टुक्रामा २ चक्की गरी जम्मा १२२ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
उनीहरूलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा नै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ