सिमकोट । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बिहीबार पुगेको छ । दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार हजार मतपत्र लगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामाग्री जिल्लामा पुगेको जनाइएको छ ।
३८ हजार मतपत्र बिहीबार जिल्लामा हेलिकप्टरमार्फत पुगेको भने बुधबार मतपेटिका लगायतका निर्वाचन सामाग्री पुगेको हो । ८५ लिटरका १ सय २८ मतपेटिका समेत हिमाली जिल्ला हुम्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।
जिल्लामा मतपत्र लगायतका सामाग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामाग्री जिल्ला पुगेको हो । जिल्लाको सात वटै गाउँपालिकाको मतदाता संख्या ३२ हजार ५८१ रहेको छ । महिला १५ हजार ६०७ र पुरुष १६ हजार ९७४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदान स्थलबाट मतपत्र हराएपछि मतदान स्थगित
७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र
हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री
मतपत्र छपाइ अन्तिम चरणमा
प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक
प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी