सिमकोट । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बिहीबार पुगेको छ । दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार हजार मतपत्र लगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामाग्री जिल्लामा पुगेको जनाइएको छ ।
३८ हजार मतपत्र बिहीबार जिल्लामा हेलिकप्टरमार्फत पुगेको भने बुधबार मतपेटिका लगायतका निर्वाचन सामाग्री पुगेको हो । ८५ लिटरका १ सय २८ मतपेटिका समेत हिमाली जिल्ला हुम्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।
जिल्लामा मतपत्र लगायतका सामाग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामाग्री जिल्ला पुगेको हो । जिल्लाको सात वटै गाउँपालिकाको मतदाता संख्या ३२ हजार ५८१ रहेको छ । महिला १५ हजार ६०७ र पुरुष १६ हजार ९७४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक
प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी
छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र
एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ