चितवन । चितवनको नारायणगढ स्थित मुख्य बजारको एक घरमा आगलागी हुँदा कराडौंको क्षति भएको छ ।
कमलनगर स्थित व्यापारिक प्रतिष्ठानहरु रहेको घरमा भीषण आगलागी भएको हो । विहान २ बजेदेखि भएको आगलागी विद्युत सर्ट भएर भएको चितवन प्रहरीले जनाएको छ ।
४ तले घरमा भएको आगलागीबाट ६ पसल जलेर नष्ट भएका छन् । भरतपुर महागरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाल आर्मीको दमकलले आगो नियन्त्रणमा लिएका छन् ।
पहिलो तलामा रहेका सबै पसल जलेको र दोस्रो तल रहेका पसलमा पनि क्षति भएको प्रहरीले जनाएको छ । आगलागी भएको घरमा इलेक्ट्रोनिक्स, किराना, जुत्ता लगायतका पसल थिए । आगलागी बाट करोडौंको क्षति भएपनि एकिन विवरण संकलन भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति