काठमाडौं । चितुवाको छालासहित सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर–१० स्थित बसपार्कमा रहेको सुनिता होटेल एण्ड लजबाट एक थान चितुवाको छालासहित बुधबार दिउँसो दुई बजेतिर तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जुम्लाको सिंजा गाउँपालिका–८ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर–१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षका अम्मरबहादुर थापालाई चितुवाको छालासहित पक्राउ गरिएको बताए । हो।
होटेलमा चितुवाको छालाको कारोबार भइरहेको सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले दैलेखबाट विक्री गर्नका लागि चितुवाको छाला ल्याएको बताएका छन् । चितुवाको छाला कारोवारमा संलग्न मुख्य व्यक्ति पक्राउ परेका छैनन् ।
पक्राउ परेका तीनै जना भरिया रहेको उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ