काठमाडौँ उपत्यकामा जताततै ‘ज्याकारान्डा’ फूल

रासस

बुधबार, १४ बैशाख २०७९, १६ : ०५
काठमाडौँ उपत्यकामा जताततै ‘ज्याकारान्डा’ फूल

वसन्त ऋतुको आगमनसँगै बोटबिरुवाहरूको पालुवा र मुना पलाउँदै फूलहरू फुल्न थालेका छन् । काठमाडौँ उपत्यकामा जताततै ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ ।

विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फुल्छन् । यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ । दरबारमार्ग, रत्नपार्क, सुनधारा, सिंहदबारसहितका क्षेत्रमा ठूला रुखहरू बैजनी रंगको भएका छन् । सानो बोटमा मात्रै सीमित नभई ठूलो रुखमा फुल्ने हुँदा यो फूललाई सबै ठाउँबाट सजिलै देख्न र हेर्न सकिन्छ । उपत्यकालाई सुन्दर बनाउनको लागि यो विरुवा विदेशबाट ल्याइएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस