सरकारले मोबाइल, गाडीदेखि मदिरा आयातमा लगायो प्रतिबन्ध (सूचीसहित)

सफल खबर संवाददाता

बुधबार, १४ बैशाख २०७९, ०९ : ०३
सरकारले मोबाइल, गाडीदेखि मदिरा आयातमा लगायो प्रतिबन्ध (सूचीसहित)

काठमाडौं । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।

सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो । 

असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्–

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट)
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट)
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथि)
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)
८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस