राजनीतिबाट किन विरक्तिए कांग्रेस नेता गुरुराज घिमिरे ?

पत्रपत्रिकाबाट

बुधबार, १४ बैशाख २०७९, ०८ : ०३
राजनीतिबाट किन विरक्तिए कांग्रेस नेता गुरुराज घिमिरे ?

काठमाडौं । कांग्रेस नेता गुरुराज घिमिरेले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु।

स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ १’ पूर्वकेन्द्रीय सदस्य घिमिरेले चुनावकै बेला राजनीतिप्रति वितृष्णायुक्त विचार किन व्यक्त गरे रु जसले पार्टीका शीर्ष नेतासम्म तरंगित भए। नेता–कार्यकर्ताले फोन गरेर राजनीतिको मैदान नछाड्न सुझाव दिएका छन्। 

शुभेच्छुकले सामाजिक सञ्जालबाटै राजनीतिमा बढ्दो विकृतिलाई राजनीतिकै मैदानबाट परास्त गर्न सुझाएका छन्। तर, नेता घिमिरेले भने, ‘राजनीति मेरा लागि उपयुक्त फिल्ड भएन। पार्टीको एउटा गुटले ढोका थुनेको थियो। अर्कोले पनि ढोका थुनेपछि के गर्ने रु वर्षौंदेखि इमानदारीको राजनीति गर्नेको स्थान खोइ ?’

पार्टीमा डा। शेखर कोइरालानिकट रहेका उनी उक्त समूहप्रति पनि असन्तुष्ट देखिए। ‘पार्टीमा मूल्य पद्धति छैन। राय परामर्श कसैको लिइँदैन’, घिमिरेले भने, ‘यस्तो भएपछि निस्क्रिय बस्नुको विकल्पबाहेक के रह्यो ?’ पार्टीका सबै समूह उस्तै रहेको आरोप उनले लगाए। कार्यकर्तालाई अन्याय भयो भनेर बोलिदिने नेता नरहेको गुनासो घिमिरेले गरे। 

‘केही निष्ठावान साथीहरूले टिकट पाउनुभएको छ। उहाँहरूलाई शुभकामना छ। उहाँहरूलाई जिताउन लाग्छु। त्यसपछि केही निर्णय लिन्छु’, उनले भने। उनी नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन्। पार्टीको प्रदेश सभापतिमा पराजित भए।  अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस