काठमाडौ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय समिति बैठक डेढ महिना लामो समय बस्दा पनि निष्कर्ष ननिकालेको भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन्। पार्टीको विशेष महाधिवेशन माग गर्नेहरूको भेलालाई सम्बोधन गर्दै उनले विश्वमै कुनै पनि पार्टीको बैठक यति लामो समयसम्म नबसेको पाइएको बताएका हुन्।
'हामी बिग्रिएका छौँ। अगाडिका बाटो हेरेर सच्चिएर अघि बढ्ने हो। हामीले यसो भन्दै गर्दा विश्वमा कीर्तिमान राख्ने गरी केन्द्रीय समिति बैठक बसेको छ,' उनले भने, 'पार्टीका नेता देवराज चालिसेले दलको बैठक कतिसम्म लामो बसेको रहेछ भनेर गुगल गर्नु भएछ- चिनियाँ कम्युनिस्ट पार्टीको बैठक २३ दिन बसेको रहेछ। हाम्रो त डेढ महिना। भोलि बैठक बस्ने भनिएको छ। सर्ने हल्ला पनि छ। सर्ने हल्ला सत्य हुन्छ यहाँ।'
असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने निष्कर्ष निकाल्न सकेको छैन।
उनले मुलुकलाई निकास दिन कांग्रेसको विशेष महाधिवेशन अपरिहार्य भएको पनि बताए। यसअघि समयमै महाधिवेशन नभएको प्रसंग निकाल्दै उनले भने, 'विशेष महाधिवेशन माग गरेका छौँ। केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको छ।
अगाडिका महाधिवेशन ४ वर्षमा भएनन्। ५ वर्षमा भएनन्। अब यस्तो हुनुहुँदैन। हाम्रो विधानको व्यवस्थालाई सुचारु गर्नुपर्छ भनेर हामीले नेतृत्वलाई आग्रह गर्यौँ। ३ वर्ष बित्यो। हामीले महाधिवेशन प्रक्रिया अघि बढाउन भन्यौँ सुनिएन।'
उनले ३६ वर्षसम्म सरकारमा रहेको कांग्रेसले के कमजोरी गर्यो भन्नेबारे समीक्षा गर्नुपर्ने अवस्थामा पुगेको पनि बताए। समीक्षाका लागि विशेष महाधिवेशन अपरिहार्य भएको घिमिरे बताउँछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?