गभर्नर महाप्रसाद अधिकारीकाे रिटमा सुनुवाइ जारी

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १३ : ३१
गभर्नर महाप्रसाद अधिकारीकाे रिटमा सुनुवाइ जारी

काठमाडाैँ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ सुरु भएकाे छ।आज(मंगलबार) सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुरकाे इजलासमा सुनुवाइ सुरु भएकाे हाे।

मुद्दामा गभर्नर अधिकारीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरि उप्रेतीलगायतले बहस गर्ने छन्।आफूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध उनले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। ६ गतेको आन्तरिक आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा सुनुवाइ भइरहेकाे हाे।

 

प्रतिक्रिया दिनुहोस